
जापानमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्यामा कमी आएसँगै मृत्यु हुनेको संख्यामा पनि कमी आएको हो ।
आइतबार जापानमा कोरोना भाइरसका ७ हजार १३ जना संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा २ हजार ८७ जनाले कम हो ।
राजधानी टोकियोमा ६०६ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा शनिबारको तुलनामा १९९ कम संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएर १०७ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।