टोकियोमा प्रकाश दुतराज र सुनिता परियारको सांगीतिक कार्यक्रम

जापानको राजधानी टोकियोमा आज चर्चित लोकगायक प्रकाश दुतराज र सुनिता परियारको विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

राजधानी टोकियोको नाकानो जेरो हलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र सबै पक्षको सहयोग पाएको आयोजक गजब इन्टरटेनमेन्टका संयोजक सचिव श्रेष्ठले जानकारी दिए ।

दुतराजका लाहुर जाने रेलैमा, घर कता हो बैनीको लगायतका दर्जनौं चर्चित गीत छन् । उनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जापानमा रहेका नेपालीहरुसँगै रम्ने अवसर भएको भन्दै सहभागी हुन सबैलाई आग्रह गरे ।

जापानको ओसाका, निगाता, नारिता, शिजुआका र फुकुओकासहितका स्थानमा आयोजना हुने कार्यक्रममा दर्शकको उत्साहजनक उपस्थिति रहने आयोजकले विश्वास व्यक्त गरेको छ । आजको कार्यक्रम साँझ ६ बजेदेखि नाकानो जेरो हलमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?