
जापानमा गत बुधबार आकस्मिक निधन भएका नेपाली पदमबहादुर चोखालको जापानमै अन्त्येष्टि गरिएको छ ।
कामबाट आएर खाना खाई सुतेका ४३ वर्षीय चोखालको सुतेकै समयमा निधन भएको थियो । उनको नेपाल घर बागलुङको गलकोट नगरपालिका–७ हो ।
उनको शनिबार टोकियोको ओताकुमा रहेको शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । चोखाल पछिल्लो १४ वर्षदेखि जापानमा कार्यरत रहेका थिए ।
उनको अन्त्येष्टिमा परिवारका सदस्य, आफन्त र निकटका सदस्यहरु उपस्थित थिए । उनी जापानको सिनागावामा परिवारसहित बस्दै आएका थिए ।
