जापानमा थप ९ हजारबढी कोरोना संक्रमित, ४९ जनाको मृत्यु

जापानमा कोरोना भाइरसबाट थप ९ हजार ११३ जना संक्रमित भएका छन् । यो संख्या बिहीबारको तुलनामा ७२१ ले कम हो ।

राजधानी टोकियोमा मात्रै शुक्रबार ७७८ जना संक्रमित भेटिएका छन् । टोकियोमा पनि अघिल्लो दिनको तुलनामा १६ जना कम संक्रमित पाइएका हुन् ।

जापानमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई ११६ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?