
जापानको सागा प्रिफेक्चरमा आफ्ना बाबुआमाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।
तोसु प्रहरीले आफ्नै बाबुआमाको हत्या आरोपमा उनलाई पक्राउ गरेको हो ।
बिहीबार साँझ करिब साढे ५ बजेतिर तोसुस्थित आफ्नै घरमा अन्दाजी ५० वर्षीय पुरुष र ४० वर्षीय महिला मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुकी छोरीले बाबुआमा घाँटीमा रगतसहित मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीले उनीहरुलाई तत्काल अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ती युवक फुकुओका विश्वविद्यालयमा अध्ययनरत रहेको र उनकी दिदीले बाबुआमालाई मृत अवस्थामा भेट्दा उनी घरमा थिएनन् ।
