जापानमा एक पुरुष र महिला मृत अवस्थामा भेटिए

जापानमा एक जना महिला र एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बिहीबार साँझ करिब साढे ५ बजेतिर सागाको इजिमा चोस्थित एक घरको बैठक कोठामा अन्दाजी ५० वर्षीया पुरुष र ४० वर्षीया महिला घाँटीबाट रगत बगिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

तोसु शहर सागा प्रिफेक्चरमा फेला पारिएका उनीहरुलाई तत्काल उद्दार गरी अस्पताल लगिए पनि दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सो घरमा उनीहरुसँगै एक छोरी र एक छोरा बस्दै आएका थिए । छोरीले खबर गरेपछि पुगेको प्रहरीले सोही घरमा बस्ने दुवै जनाको पुष्टि गरेको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।

घटना कसरी घट्यो भन्ने बारेमा जानकारी हुन सकेको छैन । घटनाको प्रकृति हेर्दा उनीहरु दुवैको धारिलो हतियारबाट हत्या वा आत्महत्या गरेको जस्ता देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?