कामकाजी महिलाका लागि सहज छैन जापान

कामकाजी महिलाका लागि राम्रो वातावरणबारे गरिएको सर्वेक्षणमा विश्वका सम्पन्न मुलुकमा जापान अन्तिमबाट दोस्रो नम्बरमा रहेको पाइएको छ ।

ब्रिटेनको इकोनोमिस्ट पत्रिकाले आफ्नो सर्वेक्षणको ग्लास सिलिङ इन्डेक्स जारी गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सो रिपोर्ट प्रकाशित गरिएको हो ।

पत्रिकाले आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) का सदस्यमध्ये २९ राष्ट्रमा लिंगका आधारमा हुने भेदभाव तथा कार्यबलमा महिलाको भूमिकाजस्ता १० सूचकको आधारमा सर्वेक्ष犀利士 ण गरेको हो ।

अधिकांश सूचकमा ओईसीडी औसतभन्दा तल रहँदै जापान २८ औं स्थानमा रहेको छ । दक्षिण कोरिया सबैभन्दा पुछारमा छ ।

इकोनोमिस्टले भनेको छ, ‘जापान र दक्षिण कोरिया अन्तिम दुई स्थानमा छन् । यहाँ अझै पनि महिलाले परिवार वा काममध्ये एउटा रोज्नुपर्छ ।’

सूचीमा आइसल्याण्ड १ नम्बरमा छ । आइसल्याण्डमा अधिकांश सूचकमा ओईसीडी औसतभन्दा माथि रहेको छ ।

यहाँ कम्पनी बोर्ड तथा संसदमा महिलाको अनुपात अन्य देशको तुलनामा धेरै छ । सूचीको दोस्रो स्थानमा स्वीडेन र तेस्रो स्थानमा फिनल्याण्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?