
जापानमा बुधबार थप ११ हजार ८०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो मंगलबारको तुलनामा २०९ जनाले कम हो ।
राजधानी टोकियोमा मात्रै ९२६ जनामा संक्रमण पाइएको छ । टोकियोमा पनि मंगलबारभन्दा ६३ जना कम संक्रमित भेटिएका हुन् ।
जापानमा बुधबार कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई २०९ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार ६९ जनाले ज्यान गुमाएका छन् ।