शरणार्थी आवेदनमा सीमा तोक्ने जापानको तयारी

<span style=樂威壯 ” class=”wp-image-195533″ width=”840″ height=”594″/>

जापानले शरणार्थी मान्यताका लागि आवेदन दिन पाउने पटक तोक्ने भएको छ ।

जापान सरकारले एक व्यक्तिले दुई पटक भन्दा धेरै शरणार्थी हैसियतका लागि आवेदन दिन नपाउने गरी सीमा तोक्ने विधेयक अघि बढाउने भएको हो ।

जापान छाड्का लागि भनेर आदेश पाएका विदेशीहरुलाई जापानको अध्यागमन सेवा केन्द्रको बन्दी गृहमा लामो समय बस्ने अवस्था रोक्न सरकारले अध्यागमन नियन्त्रण तथा शरणार्थी पहिचान कानुन संशोधन गर्ने प्रयास सुरु गरेको हो ।

यो विधेयकमा जापानमा बस्नका लागि शरणार्थी हैसियत खोज्नेका लागि भने दुई पटकसम्म आवेदन दिन सक्ने गरी बस्न दिने व्यवस्था गर्न खोजिएको छ ।

भिसाको म्याद गुज्रिएर पनि जापानमा बसेका, गम्भीर खालका अपराध गरेका जस्ता दृष्टान्तमा विदेशीहरुलाई स्वदेश फिर्ता नगर्दासम्म अध्यागमन केन्द्रको बन्दी गृहमा राख्ने गरिएको छ ।

लामो समयसम्म बन्दी गृहमै थुनिएर बसेका विदेशीहरुको संख्या उच्च भएपछि जापानले यसबारे नयाँ कानुन ल्याउन लागेको हो । कतिपय विदेशीले स्वदेश फिर्ता हुने अवस्था छल्ने नियतले बारम्बार शरणार्थी हैसियतका लागि आवेदन दिने गरेको सरकारको भनाई छ ।

हिरासतको विकल्पको रुपमा यस्ता विदेशीहरुलाई जापानमा उनीहरुमाथि निगरानी गर्छु भन्ने जिम्मेवारी लिने आफन्त वा साथीभाइ भएमा बन्दी गृह बाहिरै बस्न दिने व्यवस्था पनि विधेयकमा गरिदैंछ ।

जापानले आवेदन परेको अनुपातमा नगन्य आवेदनलाई मात्रै स्वीकृत गर्ने गर्दछ । अध्यागमनको बन्दी गृहमा २०२१ मा श्रीलंकाली युवतीको मृत्यु भएयता यो विधेयकको चर्को विरोध भएपछि सरकारले विधेयक मस्यौदालाई केही समय थाँती राखेको थियो । तर मंगलबार सो विधेयकलाई पुनः अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?