
जापानमा मंगलबार १२ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार १२ हजार १४ जनामा संक्रमण देखिएको हो ।
यो सोमबारको तुलनामा ७ हजार ७५१ ले बढी हो । राजधानी टोकियोमा मात्रै ९८९ जना संक्रमित भेटिएका छन् । टोकियोमा सोमबारको तुलनामा ६५४ जना बढीमा संक्रमण पुष्टि भएको हो ।
मंगलबार कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी भई १२४ जना अस्पताल भर्ना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना संक्रमणका कारण मंगलबार थप ३५ जनाको मृत्यु भएको छ ।