गरिब विद्यार्थीहरुलाई निःशुल्क खाना दिने जापानी रेष्टुराँधनीको नयाँ आउटलेट

जापानको क्योटोस्थित एक चिनियाँ रेष्टुराँ मालिकले नयाँ आउटलेट खोलेका छन् । उनले दशकौंदेखि गरिब विद्यार्थीहरुलाई निःशुल्क खानाको व्यवस्था गर्दै आएका थिए ।

क्योटोको कामिग्यो वडामा चिनियाँ फुड चेन ग्योजा नो ओहशो बन्द भएपछि ७३ वर्षका शादाहिरो इनोउइले नयाँ पसल खोलेका हुन् ।

सन् २०२० को अक्टोबरमा कोभिड महामारीबीच उनले हजारौं विद्यार्थीलाई निःशुल्क खाना खुवाएका थिए । तर उनको सो पसल गएको वर्ष बन्द भएको थियो ।

कोरोना भाइरसको महामारी र महँगीबीच हात मुख जोर्न धौधौ हुने विद्यार्थीको संख्या बढेपछि उनले नयाँ पसल खोलेका हुन् ।

अघिल्लो रेष्टुराँमा उनले पैसा तिर्न नसक्ने ग्राहकले भाडा माझेर खान सक्ने भनेर लेखेर टाँसेका थिए । सोही रेष्टुराँ भन्दा सय मिटर पर उनले अहिले यस्तै अक्षर टाँसेका छन् ।

犀利士5mg पैसा तिर्न नसक्नेले खाएको चुक्ता गर्न ३० मिनेटसम्म भाडा माझ्नु पर्नेछ ।

रेष्टुराँ क्योटो विश्वविद्यालय, दोशिशा विश्वविद्यालय र क्योटो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिशिन नजिक छ । सो रेष्टुराँ खोल्ने इनोउईले ३० लाख येन खर्च गरेका छन् ।

यो रेष्टुराँले रामेन, भुटेको भात र अन्य सस्ता खाना पनि बेच्छ । आफूले युवावस्थामा दुःख पाएर खानै खान नसक्ने अवस्थाबाट गुज्रिएकोले अहिले अरुको मद्दत गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?