
जापान र भारतका विदेशमन्त्रीहरु दुई देशबीचको सुरक्षा र आर्थिक सहयोग आदान प्रदान गर्न सहमत भएका छन् ।
जापानका विदेशमन्त्री हायाशी योसिमासा र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर दिल्लीमा एक घण्टा लामो भेटघाटपछि सहयोग आदानप्रदान गर्न सहमत भएका हुन् ।
दुई देशका विदशेमन्त्री पारदर्शी र निष्पक्ष विकास आयोजनामा आर्थिक सहयोग बढाउन पनि सहमत भएका छन् । हायासीले जापानको नयाँ राष्ट्रिय सुरक्षा योजनाबारे समेत भारतलाई जानकारी दिएका छन् ।
जापानले जनवरीमा भारतसँग संयुक्त लडाकु विमान अभ्यास गरेको थियो । यो जापानमा भारतसँगको पहिलो सैन्य अभ्यास कार्यक्रम थियो ।