बेसिक तलब बढाउने योजनामा ६० प्रतिशत जापानी कम्पनी

जापानमा नयाँ स्नातकहरुलाई रोजगारमा आबद्ध गराउने प्रयास सुरु भएको छ । सोही अनुसार जापानका अधिकांश व्यावसायहरुले बेसिक तलब उच्च बनाउने तयारी गरिरहेका छन् ।

कम्पनीहरुबीच राम्रा विद्यार्थी आफूतिर तान्ने होडबाजी चलिरहेका बेला अधिकांशले आकर्षक तलब दिने प्रस्ताव पनि सँगै अघि बढाएका हुन् ।

माइनाभी कर्पोरेशनले गरेको सर्वेक्षणअनुसार ६० प्रतिशत व्यवासयहरुले बेसिक तलब बढाउने तयारी गरेका छन् । सर्वेक्षणमा २ हजार ३६ व्यवसायहरुलाई समावेश गरिएको थियो ।

सर्वेक्षणमा कोभिड महामारीको प्रभावबाट अर्थतन्त्रमा सुधार आउनेबित्तिकै सकारात्मक पहल गर्ने कम्पनीहरुको संख्या बढेको देखाएको छ ।

सर्वेक्षणअनुसार लिबरल आर्ट्स र मानविकीको डिग्री भएका विद्यार्थीहरुको भर्ना बढाउने योजना बनाइरहेका कम्पनी २७.७ प्रतिशत छन् । यो गत वर्षको तुलनामा ८.६ प्रतिशतले बढी हो ।

विज्ञानको डिग्री भएका विद्यार्थीलाई काममा राख्न चाहनेको संख्या पनि गत वर्षको भन्दा ६.९ प्रतिशतले बढेर २९.८ प्रतिशत पुगेको छ ।

५२ दशमलव ६ प्रतिशत कम्पनीहरुले भने गत वर्षकै हाराहारीमा न्यू ग्र्याजुएट्सहरुलाई भर्ना गर्ने बताएका छन् ।

२०२४ मा नयाँ कर्मचारी तान्ने प्रतिस्पर्धा चर्को हुने भएकोले आट्र्स र विज्ञान दुबैका ग्र्याजुएट्हरुलाई भर्ना गर्ने वातावरण दबाबमुलक हुन सक्ने आधा भन्दा धेरै कम्पनीहरुको जवाफ छ ।

राम्रा कर्मचारीलाई टिकाइराख्न झन्डै ६० प्रतिशत कम्पनीहरुले आधारभूत तलब र बेसिक तलब बढाउने योजना बनाएका छन् । झन्डै २० प्रतिशत कम्पनीहरुले भने तलब बढाउने योजना बनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?