
जापानमा शुक्रबार १० हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा ९८४ जनाले कम हो ।
राजधानी टोकियोमा मात्रै ७३६ जनामा संक्रमण देखिएको । टोकियोमा पनि बिहीबारको तुलनामा २१६ जना कम संक्रमित पाइएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट १३० जना संक्रमित शुक्रबार अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट जापानमा शुक्रबार ६७ जनाको मृत्यु भएको छ ।