लैंगिक असमानताको सूचीमा जापान झन तल, १०४औं स्थानमा पुग्यो

लैंगिक असमानताको सूचीमा जापान निरन्तर तल झर्दै गएको छ ।

विश्व बैंकले सार्वजनिक गर威而鋼 ेको लैंगिक असमानताको सूचीमा जापान १०४औं स्थानमा पुगेको हो ।

यसबाट लैंगिक विभेदको सूचीमा जापान वर्सेनि ओरालो लागेको हो । सन् २०२०, २०२१ र २०२२ मा जापान क्रमशः ७०, ८० र १०३ औं स्थानमा परेको थियो ।

अघिल्ला वर्षहरुमा झैं यस वर्षपनि आर्थिक विकास तथा सहयोगका लागि संगठन (ओईसीडी) का देशहरुमाझ जापान पुछारमै छ । विश्व बैंकले बिहीबार प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जसमा तलब भुक्तानी, उद्यमशीलता, विवाह, अभिभावकत्व समेतका आठ क्षेत्रमा रहेको आर्थिक लैंगिक विभेद हटाउने कानुन र नियमनमा भएको सुधारको मूल्यांकन गरिएको थियो ।

सूचीको शीर्ष १४ स्थानमा डेनमार्क, बेल्जियम, फ्रान्स र क्यानडासहितका देश छन् । सर्वेक्षणमा १९० देश सहभागी भएका थिए ।

कार्यस्थल र तलबमा जापानले सयमा क्रमशः ५० र २० अंक मात्रै पाएको छ । जी–७ देशहरु क्यानडा, जर्मनी र फ्रान्सले १०० अंक नै पाएका छन् । पेन्सन र गतिशीलतामा भने जापानले १०० मा १०० नै पाएको छ ।

कार्यस्थलमा हुने यौन दूव्र्यवहारका घटनामा पीडकलाई दण्डित गर्ने कानुन पनि जापानमा छैन । विश्वभर झन्डै २ अर्ब ४० करोड कामकाजी महिलाहरुले पुरुषसरह कानुनी अधिकार नपाएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनले महिलाहरुका लागि समान अवसर र स्थान दिन देशहरुले व्यापाक पहल गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?