जापानले सोमबार नयाँ एचथ्री रकेट लञ्च गर्ने

जापानले आगामी सोमबार नयाँ एचथ्री रकेट लञ्च गर्ने भएको छ । जासाको रकेट लञ्च असफल भएको एक महिनाभित्र जापानले रकेट लञ्च गर्ने तयारी तीव्र पारेको हो ।

सिष्टममा समस्या देखिएपछि जापान अन्तरिक्ष अन्वेषण संस्था जासाले फेब्रुअरी १७ मा सो रकेट लञ्च गर्ने प्रयास रद्द गरेको थियो ।

रकेटको नियन्त्रण प्रणालीमा समस्या देखिएको थियो भने बुष्टर रकेटलाई संकेत नगएको देखियो । बुष्टर, पृथ्वीको पर्यवेक्षण गर्ने सेटलाइट र जमिनमा भएको उपकरण समेत रकेटमा भने कुनै पनि क्षति नभेटिएको जासाले बताएको छ ।

मार्च ६ मा दोस्रो प्रयासको लागि तयारी भइरहेको स्रोतहरुलाई उदृत गर्दै एनएचकेले जनाएको छ ।

एचथ्री जापानले करिब ३० वर्षम बनाएको सबैभन्दा ठूलो रकेट हो । यसलाई शुरुमा आर्थिक वर्ष २०२० मा प्रक्षेपण गर्ने कार्यक्रम थियो ।

तर नयाँ मेन इञ्जिनको विकासमा कठिनाईसमेतका केही कारणले गर्दा यसको प्रक्षेपण मिति पछाडि धकेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?