
जापानको कृषि मन्त्रालयका अनुुसार बर्डफ्लुका कारण देशभर १ करोड ५० लाखभन्दा बढी कुखुरा तथा अन्य पन्छी मारिएको छ । यो अहिलेसम्म मारिएका पन्छीमध्ये सर्वाधिक संख्या हो ।
मन्त्रालयका अनुसार पश्चिमी जापानको शहर फुकुओकामा एक कुखुरा फर्ममा बिहीबारमात्रै नयाँ प्रकोप एभियन फ्लु पुष्टि भएको छ ।
अधिकारीहरुका अनुसार सन् २०२२ देखि २०२३ को शीतकालमा मारिने पन्छीको संख्या १ करोड ५० लाख २० हजार हुनेछ ।
जापानमा बर्ड फ्लु तीव्र रुपमा फैलिरहेको छ । गत २८ अक्टोबरमा ओकायामा प्रिफेक्चर र होक्काइदोमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।
मारिएका पन्छीको संख्या सन् २०२० देखि २०२१ को शीतकालमा मारिएका ९८ लाख ७० हजारभन्दा दोब्बर बढी हुन लागेको छ ।
२५ प्रिफेक्टरमा ७७ स्थानमा प्रकोप फैलिएको छ । जापानमा चिसो मौसममा प्रवासी पन्छीले फ्लु ल्याउने गर्छन् ।