निःशुल्क कोभिड परीक्षण र उपचारसेवा समाप्त गर्ने जापानको तयारी

जापान सरकारले आगामी मेदेखि कोभिड–१० को कानुनी श्रेणी कम गरेपछि निःशुल्क जाँच र उपचार सेवा समाप्त गर्ने योजना बनाएको छ ।

जापान सरकारले ८ मेदेखि कोभिड–१९लाई श्रेणी ५ को न्युनतम स्तरमा झार्ने निर्णय गरिसकेको छ । श्रेणी ५ मा मौसमी फ्लुहरु सामेल छन् ।

हाल कोभिड–१९ संक्रमण श्रेणी २ मा राखिएको छ । जुन दोस्रो सबैभन्दा गम्भीर स्तर हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोगीका लागि निःशुल्क उपचारको वर्तमान प्रणालीको समीक्षा गरिरहेको छ । मन्त्रालयले यसबारे निर्णय गर्नुअघि स्थानीय सरकार र स्वास्थ्य विशेषज्ञसँग छलफल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?