आर्थिक वर्ष २०२३ मा लागू हुँदैछ जापानको सर्वाधिक बजेट

जापानको संसदको तल्लो सदनले अप्रिलबाट सुरु हुन लागेको आर्थिक वर्ष २०२३ का लागि अहिलेसम्मको सर्वाधिक बजेट प्रारुप पारित गरेको छ । संविधानअनुसार यो बजेट आगामी आर्थिक वर्षमा लागू गरिनेछ ।

आर्थिक वर्ष २०२३ का लागि करिब १ हजार १४० खर्ब येन अर्थात ८३४ अर्ब डलरभन्दा बढीको बजेट ल्याइएको हो ।

पहिलो पटक १ हजार १ सय अर्ब येनको आकडा पार गरेको हो । यो बजेटको प्रारुपमाथि मंगलबार तल्लो सदनको पूर्ण सत्रमा मतदान भएको थियो ।

मतदानअघि सत्तारुढ डेमोक्रेटिक पार्टीका माकिहारा हिदेकीले मस्यौदामा जापानको सुरक्षा क्षमतालाई सुदृढ गर्नका लागि ३१५ अर्ब डलरको पञ्चवर्षीय योजनाको प्रथम वर्षका लागि आवश्यक बजेट सामेल रहेको बताएका थिए ।

मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीका नोमा ताकेशीले रक्षा सम्बद्ध प्रावधानका केही कडाईको विरोध गर्ने बताए । उनले यी प्रावधान तर्कहीन, अनावश्यक र करवृद्धि गरी जनतामा भार थप्ने खालका भएको बताए ।

यो बजेट पारित गरी माथिल्लो सदनमा पठाइएको छ । जापानको संविधानअनुसार तल्लो सदनले बजेट पारित गरेको ३० दिनपछि माथिल्लो सदनले पारित नगरे पनि स्वतः लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?