२०२२ मा बालबालिकाको आत्महत्यादर रेकर्ड स्तरमा

जापान सरकारको तथ्यांकअनुसार गत वर्ष आत्महत्या गर्ने बालबालिकाको संख्या रेकर्ड स्तरमा पुगेको छ ।

जापानमा २०२२ मात्रै आत्महत्या गर्ने बालबालिकाको संख्या ५ सयभन्दा बढी देखिएको छ ।

आत्महत्या गर्ने बच्चाहरुको संख्या वृद्धि भएपछि शिक्षा मन्त्रालयले चिन्ता या समस्यामा रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने भएको छ ।

मन्त्रालयले शिक्षा बोर्डलाई अभिभावक र सरोकारवालासँग समन्वय गरेर अवस्थालाई नियन्त्रणमा लिन पनि आदेश दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष विद्यालय स्तरका ५१२ बालबालिकाले आत्महत्या गरेका छन् । यो सन् २०२१ को भन्दा ३९ जनाले बढी हो ।

पढाईमा खराब प्रदर्शन, प्रवेश परीक्षाको तनाव र भविष्यको चिन्ताका कारण आत्महत्या गर्ने गरेको मन्त्रालयको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?