
जापानमा एक युवकले शिक्षकमाथि छुरा प्रहार गरेका छन् ।
जापानको साइतामा प्रिफेक्चरको टोदा सहरमा रहेको जुनियर हाईस्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट शिक्षक गम्भीर घाइते भएका छन् ।
चक्कु आक्रमणको घटनापछि विद्यार्थीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एक युवकले विद्यालयमा प्रवेश गरी ६० वर्षका शिक्षकमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
आक्रमणको घटनामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनको पहिचान खुलाइएको छैन ।
तोदा सहरको मिसासा जुनियर हाइस्कुल साइतामामा घटना भएको हो । यो क्षेत्र व्यापार र आवासीय भवनहरुले घेरिएको क्षेत्रमा पर्छ ।