जापानमा जन्मदरमा ऐतिहासिक गिरावट

युवाहरुको घट्दो जनसंख्याको असर भोगिरहेको जापानमा जन्मदर ऐतिहासिक रुपमा गिरावट भएको छ ।

सन् २०२२ मा जापानमा शिशुको जन्म इतिहासमै पहिलो पटक ८ लाखमुनि आएको छ ।

गत वर्ष जापानमा जम्मा ७ लाख ९९ हजार ७२८ शिशुको जन्म भएको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

यो संख्या अघिल्लो वर्षको भन्दा ५.१ प्रतिशत कम हो । सरकारले सन् २०१७ मा एउटा प्रक्षेपणमा सन् २०२३ मा जन्म ८ लाख मुनि झर्ने बताएको थियो ।

तर यो अवस्था एक वर्ष छिटो आएको हो । कोरोना भाइरसको महामारीका कारण जीवनशैलीमा आएको परिवर्तन र ढिलो बिहे गर्ने परिपाटीका कारण जापानमा निरन्तर जन्मदर घटिरहेको छ ।

विदेशी अभिभावकको शिशु बाहेकको शिशुको संख्या २०२२ मा ७ लाख ७० हजार रहेको अनुमान गरिएको छ ।

२०२२ मा जापानमा मृत्यु भने कीर्तिमानी स्तरमा बढेर १५ लाख ८२ हजार ३३ पुगेको छ । यो एक वर्ष अघिको भन्दा १ लाख २९ हजार ७४४ धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?