
जापानमा सोमबार कोरोना भाइरसको संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ ।
यद्यपि जापानमा कोरोना संक्रमितको संख्या घट्न थालेसँगै मृत्यु हुनेको संख्यामा पनि निरन्तर कमी आइरहेको छ ।
सोमबार जापानमा ५ हजार ३३० जना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा ७ हजार ६९ ले कम हो ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई १७० जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।