जापानले अमेरिकासँग ४ सय थान तोमाहक मिसाइल किन्ने

जापानले अमेरिकासँग ४ सय थान तोमाहक मिसाइल किन्ने तयारी गरेको छ । दोस्रो विश्वयुद्धपछि नै युद्धको नीतिबाट टाढा रहेको जापानले पछिल्लो समयमा सैन्य शक्ति विस्तारको नीति लिएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाको बढ्दो आणविक शक्तिका कारण यो क्षेत्रमा तनाव बढ्दै जाँदा जापानले असुरक्षा महसुस गरिरहेको छ ।

सत्तारुढ गठबन्धनका सदस्यहरुले तल्लो सदनको बजेट समितिमा सोमबार निर्देशकहरुको एउटा बैठकमा मिसाइल किन्ने योजनाबारे खुलासा गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टीले सरकारले गत साता कति मिसाइलको संख्याबारे प्रश्न गरेपछि अनुमानित संख्या खुलाइएको हो ।

प्रतिपक्ष दलले सरकारलाई जापानले आफ्नो प्रतिरक्षा क्षमतालाई व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने ठोस उम्मेदवार पेस गर्न पनि भनेका छन् । तर सरकारले सो अनुरोधलाई अस्वीकार गरेको छ ।

यस्तो खालको विवरणहरु सार्वजनिक गर्दा राष्ट्रिय सुरक्षा कमजोर हुने प्रधानमन्त्री फुमियो किशिदाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?