जापानमा युक्रेनी शरणार्थीको संख्या २ हजार ३०२ पुग्यो

रुसमाथि युक्रेनले हमला गरेको एक वर्षमा जापानमा शरणार्थीका रुपमा आउने युक्रेनीको संख्या २ हजार ३०२ पुगेको छ ।

जापानस्थित आप्रवासन सेवा एजेन्सीले विस्थापित भएर जापान आइपुग्नेमा ६०२ जना पुरुष र १ हजार ७०० महिला रहेका छन् ।

यसरी आउनेमध्ये ४३९ जना १७ वर्ष या सो भन्दा कम उमेरका छन् । १ हजार ५६३ जना १८ देखि ६० वर्ष बीचका र ३०० जना ६० वर्षभन्दा माथिका रहेका छन् ।

एजेन्सीका अनुसार गत वर्षको मार्चमा ३५१ जना शरणार्थी आएका थिए । त्यसका अर्को महिना सबैभन्दा बढी ४७१ जना आइपुगेका थिए ।

यस वर्षको जनवरीमा ३५ र फेब्रुअरीमा २९ जना जापान आइपुगेका छन् । एजेन्सीका अनुसार विस्थापित भएकामध्ये ११२ जना जापानबाट पनि गइसकेका छन् ।

शरणार्थीलाई सुरुमा ९० दिनको भिसा दिइन्छ । त्यसपछि निश्चित कार्य अनुमतिसहित जापानमा बस्ने स्वीकृति प्राप्त गर्न सक्छन् । जसले १ वर्षसम्म जापानमा बस्न र काम गर्ने अनुमति पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?