रक्षा सामग्री स्थानान्तरणको समीक्षा गर्ने तयारीमा जापान

जापानी रक्षामन्त्री हामादा यासुकाजुले देशका रक्षा उपकरण विदेशमा स्थानान्तरण नियमको समीक्षा गर्न सुझाव दिएका थिए ।

जापानले युक्रेनमा रुसी हमला गरेजस्ता युद्धमा सहायताका लागि रक्षा उपकरणको स्थानान्तरणबारे अध्ययन गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी हमला भएका देशलाई सहयोगका लागि रक्षा उपकरणको स्थानान्तरणका लागि महत्वपूर्ण नीतिगत व्यवस्था हुने उनले बताए ।

हामादाले रक्षा मन्त्रालयले रक्षा उपकरण तथा प्रविधि हस्तान्तरणबारे जापानका तीन नियममा सम्भावित संशोधनबारे अध्ययन गर्ने बताए । साथै मन्त्रालयले नयाँ नियम कार्यन्वयन सम्बन्धी दिशा निर्देशको पनि अध्ययन गर्ने बताए ।

हामादाले रुसी हमलाको नजरअन्दाजले यथास्थितिमा बलपूर्वक एकपक्षीय परिवर्तन हिन्द प्रशान्त क्षेत्रमा स्वीकार्य भएको गलत सन्देश जाने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?