
जापानमा कोरोना भाइरसबाट थप १२ हजार ३९९ जना संक्रमित भएका छन् । यो शनिबारको तुलनामा २ हजार ४४७ जनाले कम हो ।
टोकियोमा मात्रै आइतबार ८१० जनामा कोरोना संक्रमण देखिएको छ । टोकियोमा पनि ३७२ जना कम संक्रमित पाइएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जापानमा २४ घन्टामा १७२ जना गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् ।
आइतबार मात्रै कोरोना संक्रमणबाट जापानमा ६२ जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।