जापानमा उपभोक्ता मूल्य आकाशियो, ४१ वर्षयताकै महंगी

जापानमा निरन्तर महंगी बढेको छ । जनवरीमा मात्रै गत वर्षको तुलनामा ४.१ प्रतिशतले उपभोक्ता मूल्य बढेको हो ।

खाद्यान्न र इन्धनको मूल्यमा भएको वृद्धिका कारण महंगी गत महिना ४१ वर्षयताकै तीव्र दरमा बढेको हो ।

मूल्यमा तीव्र उतारचढाव भइरहने ताजा खोनकुरा बाहेकको कोर सीपीआई भने १०४.३ अंक रहेको छ ।

वृद्धिको दर भने सन् १९८१ के सेप्टेम्बरयकै हाराहारी भएको आन्तरिक मामिला मन्त्रालयको तथ्यांकले देखाएको छ ।

जनवरीमा लगातार १७ औं महिना पनि यो सूचक बढेको छ । मौसमी समायोजन गर्दा भने अघिल्लो महिनाको तुलनमा सूचक ०.३ प्रतिशत धेरै हो ।

वार्षिक वृद्धि यसअघि जिजि प्रेसले गरेको सर्वेक्षणको तुलनामा भने कम हो । जनवरी सीपीआई सूचक ४.३ प्रतिशतले बढ्ने जिजि प्रेसको सर्वेक्षणमा सहभागी भएका १८ आर्थिक अनुसन्धान संस्थाहरुले बताएका थिए ।

ताजा खानेकुरा बाहेकका खाद्यान्नको मूल्य ७.४ प्रतिशतले बढेको छ । सर्वेक्षणमा सहभागी ९० प्रतिशत वस्तुको मूल्य बढेको छ ।

बिजुली र ग्यासको मूल्य क्रमशः २०.२ प्रतिशत र ३५.२ प्रतिशतले बढेको थियो । सरकारले बिजुली र ग्यासको उच्च मूल्यका कारण सर्वसाधारणहरुमा परेको भार कम गर्न ल्याएका उपायहरुका कारण फेब्रुअरीदेखि भने सीबीआई वृद्धिदर जनवरीको भन्दा १ प्रतिशत अंक कम हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?