
जापानमा शनिबार १४ हजार ८४६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यो संख्या शुक्रबारको तुलनामा ८ हजार ३३४ ले बढी हो ।
टोकियोमा मात्रै शनिबार १ हजार १८२ जना नयाँ संक्रमित फेला परेका छन् । टोकियोमा पनि शुक्रबारको तुलनामा ७५५ जना बढी संक्रमित भेटिएका हुन् ।
शनिबार कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई १७३ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
शनिबार कोरोना भाइरसको संक्रमणबाट जापानमा ७२ जनाको मृत्यु भएको छ ।