रुसमा ६० प्रतिशत जापानी कम्पनीले स्थगित गरे व्यापार

युक्रेन हमलाको एक वर्ष पुग्दा रुसमा रहेका ६० प्रतिशतभन्दा बढी जापानी कम्पनीले त्यहाँबाट आफ्नो कारोबार स्थगित गरेका छन् । यसरी कारोबार रोक्नेमध्ये केही कम्पनी त पूर्ण रुपमा रुसबाट बाहिरिएका छन् ।

जापानको विदेश व्यापार संगठनले गत महिना गरेको सर्वेक्षणमा १९८ मध्ये ९९ कम्पनीले सर्वेक्षणको जवाफ दिएका थिए ।

सर्वेक्षणमा सहभागी ४ प्रतिशत कम्पनीले त्यहाँबाट हटिसकेको जवाफ दिएका छन् भने १७ प्रतिशतले व्यापारिक गतिविधि पूर्ण रुपमा स्थगित गरेको जनाएका छन् ।

यस्तै ४३ प्रतिशत कम्पनीले आंशिक रुपमा गतिविधि स्थगित गरेका छन् । ३५ प्रतिशतले भने सामान्य रुपमा कारोबार गरिरहेका छन् ।

गत वर्षको अगस्टमा गरिएको सर्वेक्षणको तुलनामा आंशिक या पूर्ण रुपमा व्यापारिक गतिविधि स्थगित गर्ने कम्पनीको संख्या ११ प्रतिशतले बढेको छ ।

यसैगरी १० प्रतिशत कम्पनी आगामी ६ महिनादेखि १ वर्षमा रुसबाट पूर्ण रुपम犀利士 ा हट्ने सम्भावना रहेको जनाएका छन् । ३७ प्रतिशतले भने रुसमा व्यापार कायम राख्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?