
जापानमा बिहीबारमात्रै १५ हजार १९३ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो बुधबारको तुनलामा ३ हजार ४६१ ले बढी हो ।
राजधानी टोकियोमा मात्रै १ हजार ७२ जना संक्रमित फेला परेका छन् । टोकियोमा पनि बुधबारको तुलनामा १२३ जना कम संक्रमित भेटिएका हुन् ।
जापानभर बिहीबार १९४ जना कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचारका लागि अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
संक्रमणका कारण बिहीबार थप १२८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।