
जापानको टोकियो उच्च अदालतले दोहोरो नागरिकतामाथि प्रतिबन्धको नियमलाई चुनौती दिने एक मुद्दा खारेद गरिदिएको छ ।
तल्लो तहको अदालतले पनि यो मुद्दा खारेज हुने फैसला गरेको थियो ।
यो मुद्दामा ८ जनाले स्वीट्जरल्याण्ड र लिचेस्टाइनको नागरिकता लिन जापानी नागरिकता त्याग्नु परेको थियो ।
उनीहरुले यो आफूहरुको संवैधानिक अधिकारको उल्लंघन भएको बताएका थिए ।
विश्वमा धेरै देशमा दोहोरो नागरिकता राख्नु अनुमति छ । तर जापानमा दुई देशको नागरिकता राख्नु अवैध हो ।