उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल जापान सागरमा

必利勁 2023/02/image-35.png”>

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम अन्तर्गत नयाँ ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाका रक्षामन्त्री ली–जोंग सुपले सी आफ जापानतर्फ मिसाइल प्रहार भएको जानकारी दिएका छन् । जापानी कोस्ट गार्डले पनि यसको पुष्टि गरेका छन् ।

यद्यपि यो मिसाइल कुन थियो र कति टाढासम्म गयो भन्ने जानकारी प्राप्त भएको छैन ।

यसअघि शुक्रबारमात्रै उत्तर कोरियाका विदेशमन्त्रीले सैन्य अभ्यासको घोषणा गर्दै दक्षिण कोरियाविरुद्ध अभूतपूर्व कारबाही गर्ने धम्की दिएका थिए ।

उनले अमेरिका र दक्षिण कोरियाले २० मिलिट्री ड्रिलको योजना बनाएर कोरियाली क्षेत्रको शान्ति भंग गरेको आरोप लगाएका थिए ।

उत्तर कोरियाले ९ फेब्रुअरीमा सेनाको स्थापनाको ७५औं वर्षगाँठमा सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गरेको थियो । राजधानी प्योङयाङमा एक दर्जन अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरिएको थियो ।

किम इल सुङ स्क्वायरमा सुरु भएको परेडका क्रममा उत्तर कोरियाली नेता किम जोङ उन आफ्नी पत्नी र छोरीसहित उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?