जापानको एच–३ रकेटको परीक्षण विफल किन भयो ?

犀利士 age size-large is-resized”>

जापानको नयाँ अत्याधुनिक एच–३ रकेट देशको दक्षिण पश्चिमी प्रक्षेपणस्थलबाट निर्धारित समयमा प्रक्षेपण हुन असफल भएको छ । विशेषज्ञहरुले अन्तिम समयमा आएर प्रक्षेपण असफल हुनुको कारण खोजिरहेका छन् ।

कागोशिमा प्रिफेक्चरको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट शुक्रबार बिहान १० : ३७ मा एच–३ रकेटको बहुप्रतिक्षित प्रक्षेपण हुनुपर्ने थियो ।

भिडियोमा मुख्य इन्जिनमा प्रज्वलन भएर धुँवाको ठूलो मुस्लो उठेको देखिन्छ । तर रकेट उड्न असफल भयो ।

जापान अन्तरिक्ष अन्वेषण एजेन्सी, जाक्सा, घटनाको जाँच गरिरहेको छ ।

जाक्साका प्रवक्ता किशी आकिताकाले मुख्य इन्जिन प्रज्वलित भए पनि ठोस इन्धन बुस्टर्स सुरु हुन नसकेको जनाएका छन् ।

उनले विशेषज्ञले यसको विस्तृत जाँच गर्ने पनि जनाएका छन् । । यो रकेटले पृथ्वीको अवलोकन उपग्रह लैजान लागेको थियो । जसको प्रयोग विपद् व्यवस्थापनमा सुधारका लागि हुन्छ ।

आर्थिक वर्ष २०२० मा एच–३ रकेटको प्रक्षेपण हुनुपर्ने थियो । तर इन्जिन प्रणालीको विकासमा भएको कठिनाईका कारण प्रक्षेपण मिति दुई पटक पछि धकेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?