
जापानमा शनिबार कोरोना भाइरसको संक्रमणबाट १३० जनाको मृत्यु भएको छ । शनिबारमात्रै जापानमा १७ हजार १४२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
यो शुक्रबारको तुलनामा १ हजार ४६४ ले कम हो । टोकियोमा मात्रै शनिबार १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
टोकियोमा पनि शुक्रबारको तुलनामा १२६ जना कम संक्रमित भेटिएका हुन् ।
जापानमा शनिबार कोरोना भाइरसको गम्भीर संक्रमणका कारण २२१ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।