जापानले सहमतिमा यौन सम्पर्कको उमेर बढाउँदै, १६ वर्षमुनिकासँग यौनकार्य दण्डनीय

जापानको न्याय मन्त्रालयको एक प्यानलले यौन अपराध कानुन परिमार्चन गर्दै सहमतिमा यौन सम्पर्कको उमेर बढाउने प्रस्ताव गरेको छ ।

हाल जापानमा १३ वर्षमुनिकासँग मात्रै सहमतिमा यौन सम्पर्क भए पनि अपराध मानिने व्यवस्था छ ।

प्रस्ताव गरिएको नयाँ व्यवस्थामा सहमतिमा यौन सम्पर्कको उमेर बढाएर १६ वर्ष पुर्‍याइएको छ । यसको अर्थ जापानमा १६ वर्षमुनिकासँग सहमतिमा नै यौन सम्पर्क राखे पनि दण्डनीय हुनेछ ।

जापानमा बलात्कारका घटनामा उन्मुक्तिको शृङ्खलापछि नयाँ व्यवस्था ल्याइएको हो । सहमतिमा यौन सम्पर्क राख्न पाउने उमेरहद बढाउनु कानुनी सुधारको एक हिस्सा हो ।

जापानमा सहमतिको यौन सम्पर्कको उमेर जी–७ देशहरुमध्ये सबैभन्दा कम थियो । सन् १९०७ पछि यो कानुन परिमार्जन भएको थिएन ।

बेलायत र दक्षिण कोरियामा १६, फ्रान्समा १५ र जर्मनी र चीनमा १४ वर्षमुनिकासँग सहमतिमा पनि यौन सम्बन्ध राख्नु दण्डनीय मानिन्छ । नेपालमा १८ वर्ष उमेर नपुगेका किशोरकिशोरीसँगको यौन सम्बन्ध सहमतिमा नै भए पनि दण्डनीय हुन्छ ।

जापानमा १३ वर्षमाथिका बालिकासँगको यौन सम्बन्धलाई वैधानिक रुपमा बलात्कार मानिदैन । जापानमा नाबालिगहरुसँग अभद्र कार्यमा प्रतिबन्ध लगाउने क्षेत्रीय अध्यादेशहरुमा भने १८ वर्ष उमेर पु¥याएर हेर्ने गरिएको छ ।

तर तिनीहरुले बलात्कारको आरोपभन्दा धेरै हल्का दण्डहरु समेटेको पाइन्छ । बालबालिकासँग यौन सम्पर्कलाई बलात्कार नमानी अनैतिक आचरण मात्रै मानिन्छ ।

नयाँ कानुनअनुसार किशोर किशोरी १६ वर्षभन्दा माथि भएका र उमेरको अन्तर ५ वर्षभन्दा बढी नभएमा उनीहरुबीच हुने यौन सम्बन्धलाई बलात्कार अभियोगबाट छुट दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?