आमाको हत्या आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

जापानको गुन्मा प्रिफेक्चरको शिबुकावा सहरमा आमाको हत्या आरोपमा ५७ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

उनले आफूसँगै बस्दै आएकी ८५ वर्षीया आमाको हत्या गरेको प्रहरीको आशंका छ । पक्राउ पर्ने चुतोमु ताकासाही हुन् ।

बुधबार बिहान ११ बजेतिर ताकाहाशीले ११९ मा फोन गरेर आफ्नी आमा फुसाको बेहोस भएको र शरीर चिसो भएको जानकारी दिएका थिए ।

तत्कालै ती वृद्धलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक वृद्धाको अनुहारमा धेरै चोट रहेको पाइएको छ । प्रहरी छानबिनका क्रममा ताकाहासीले आफूले आमाको मुखमा मुक्का प्रहार गरेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?