७५ करोड येन जालसाजीको आरोपमा ६ कम्पनी र ७ जना व्यक्तिविरुद्ध मुद्दा

बिष्णु तिवारी । टोकियो । अनधिकृत रुपमा ७५ करोड येन उपभोग कर जालसाजी गरी फिर्ता गर्न खोजेको आरोपमा टोकियो क्षेत्रीय कर ब्युरोले ६ कम्प犀利士 नी र ७ जना कम्पनी प्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले उपभोग करमा अवैध रूपमा ७५ करोड येनभन्दा बढी फिर्ता लिन खोजेको आरोपमा ब्युरोले फौजदारी कसुरमा उजुरी गरेको हो ।

टोकियोको सुमिदा वार्डमा रहेका ३६ वर्षीय कम्पनी कार्यकारी गेन्की मिनामीले चिनजानका ६ जना कम्पनीका प्रतिनिधिलाई निर्देशन दिई ७५ करोड येन ठगीपूर्वक उपभोग कर फिर्ता लिन खोजेको आशंका गरिएको छ ।

मिनामीसहित ७ जनाले खरिद गर्दा तिर्ने उपभोग कर फिर्ता गर्ने प्रणाली प्रयोग गरी ‘पावर स्टोन्स’ भनिने ढुङ्गा किनेको भन्दै धेरै उपभोग कर तिरेको बहानामा कर फिर्ता लिन खोजेको देखिएको ब्युरोको भनाई छ ।

उपभोग कर प्रणाली अन्तर्गत खरिदमा तिरेको उपभोग कर बिक्रीमा प्राप्त उपभोग कर भन्दा बढी भएमा र उत्पादनहरू बिक्री नभएको अवस्थामा सरकारले कर फिर्ता गर्दछ ।

उपभोग कर फिर्ता गर्नुअघि जालसाजी आशंकामा ब्यूरोले मिनामीसहित ६ कम्पनी र कम्पनीका ७ प्रतिनिधिविरुद्ध मुद्धा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?