जापानको साइतामामा एक नेपाली मृत भेटिए

जापानमा एक जना नेपाली पुरुष मृत अवस्थामा भेटिएका छन् । साइतामा सहरको एउटा पार्कमा ५३ वर्षीय नेपाली प्रसाद गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको साथमा आवासीय कार्डमात्रै फेला परेको र उनको ठेगाना, जापानमा उनी के गर्थे भन्ने थाहा पाउने कागजपत्रको खोजी भइरहेको बताइएको छ ।

उनको मृत्युको पुष्टि जापानस्थित 犀利士 नेपाली दूतावासले गरिसकेको छ भने शव साइतामाको कुकी प्रहरी स्टेसनमा राखिएको छ ।
उनी कास्कीको स्थायी बासिन्दा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?