काजुओ उएदा बैंक अफ जापानको नयाँ गभर्नर

威而鋼 mage-26-650×366.png” alt=”” class=”wp-image-195301″ width=”842″ height=”474″/>

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ को नयाँ गभर्नर काजुको उएदा हुने भएका छन् ।

सरकारले मंगलबार बैंक अफ जापान (बीओजे) को भावी गभर्नरका रुपमा वरिष्ट अर्थशास्त्री काजुओ उएदाको नाम संसदमा पेश गरेको हो ।

बीओजेको निर्णायक समितिका पूर्व सदस्य समेत रहेका उएदाले वर्तमान गभर्नर हारुहिको कुरोदालाई विस्थापित गर्नेछन् ।
जापानमा एक दशकपछि गभर्नर परिवर्तन गर्न लागिएको हो ।

बीओजेका नयाँ प्रमुखलाई कुरोदाले वर्षौदेखि अपनाइरहेको खुकुलो मौद्रिक नीतिलाई सामान्य स्तरमा फर्काउने चुनौती छ ।

गत शुक्रबार सरकारले ७१ वर्षीय उएदाको नाम गभर्नरका लागि चयन गरेको थियो । उनले बीओजेको वर्तमान नीति उपयुक्त रहेको भन्दै त्यसलाई निरन्तरता दिने बताएका छन् ।

तर अप्रिलमा गभर्नरको कुर्सीमा बसेपछि उनको नीतिगत अडान फेरिने आशंकामा जापानको वित्तीय बजार दबाबमा आएको छ ।

सरकारले वित्तीय सेवा आयोगका पूर्व आयुक्त रयोजो हिमिनो र बीओजेका कार्यकारी निर्देशक शिनिची उचिदालाई उपगभर्नरमा मनोनित गरेको छ ।

प्रधानमन्त्री फुमिओ किशिदाले ५ वर्षका लागि उनीहरुलाई नियुक्त गर्नुअघि संसदका दुबै सदनले नाम अनुमोदन गर्नुपर्नेछ ।
उएदा टोकियो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?