जापानले भन्यो– चीनका सैन्य गतिविधिले गम्भीर अन्तर्राष्ट्रिय चिन्ता

जापान सरकारका प्रवक्ता मात्सुनो हिरोकाजुले चीनको कूटनीति र सैन्य गतिविधि अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

आइतबार जापानको समुद्री सीमामा चिनियाँ नौसैनिक जहाज प्रवेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा मुख्य क्याबिनेट सचिव मात्सुनोले देशको हवाई र जलक्षेत्रको निगरानीका लागि सरकारले तत्काल कुनै उपाय निकाल्ने जानकारी दिएका छन् ।

उनले चीनले जापान आसपासका क्षेत्रमा लगातार सैन्य गतिविधि बढाइरहेको बताए । आइतबारमात्रै दक्षिणी कागोशिमा प्रिफेक्चरको याकुशिमा द्वीपमा चिनियाँ नौसैन日本藤素 िक जहाज प्रवेश गरेको थियो ।

मात्सुनोले समुद्री रक्षा बल र विमानबाट चिनियाँ जहाजका गतिविधि निगरानी गरिरहेको भन्दै उनले सरकारले कूटनीतिक रुपमा पनि गम्भीर आपत्ति प्रकट गरेको जानकारी दिए ।

जापानी रक्षा मन्त्रालयका अनुसार गत वर्षमात्रै चिनियाँ नौसैनिक जहाज ५ पटक याकुशिमा द्विपमा जलक्षेत्रमा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?