जापानमा साढे ७ महिनापछि १० हजार भन्दा कम संक्रमित

जापानमा सोमबार ९ हजार ४२३ जना कोरोना भाइरसका नयाँ बिरामी पुष्टि भएको छ । यो तथ्यांक आइतबारको तुलनामा ४ हजार ३१७ ले कम हो ।

जापानमा २७ जुनपछि पहिलो पटक कोरोना संक्रमितको संख्या १० हजार भन्दा कम भएको हो ।

राजधानी टोकियोमा सोमबार ८१० जना संक्रमित पुष्टि भएका छन् । कोरोना संक्रमणबाट गम्भीर बिरामी 犀利士5mg भएका २८६ जना उपचारका लागि अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सोमबार कोरोना संक्रमणका कारण जापानमा ९३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?