जापानमा सबैभन्दा बढी भियतनामी श्रमिक, नेपाली चौथो नम्बरमा

जापानमा सबैभन्दा धेरै भियतनामीहरु श्रमिकका रुपमा कार्यरत रहेको तथ्यांक सार्वजनिक भएको छ । जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने देशमा भियतनाम पहिलो नम्बरमा देखिएको हो ।

जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार हाल १८ लाख २२ हजार ७२५ विदेशी कामदारहरु जापानमा कार्यरत रहेका छन् । तिमध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदारहरु जापानमा कार्यरत छन् ।

भियतनामका २५.४ प्रतिशत श्रमिक छन् । चीनका ३ लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत श्रमिक सहित दोश्रो स्थानमा छ ।

यसैगरी २ लाख ६ हजार ५० अर्थात् ११.३ प्रतिशत श्रमिकसहित फिलिपिन्स तेस्रो नम्बरमा हुँदा १ लाख १८ हजार १९६ अर्थात् ६.५ प्रतिशत श्रमिकसहित नेपाल चौथो नम्बरमा छ ।

जापानलाई सबैभन्दा थोरै कामदार उपलब्ध गराउने देशमा पेरु रहेको छ । पेरुका ३१犀利士 हजार २६३ अर्थात् १. ७ प्रतिशत नागरिक जापानमा श्रम गरिरहेका छन् ।

भिसा स्टाटसका आधारमा पिआर, जापानी नागरिकसँग विवाह गरेका, पीआरवालाका परिवारहरु जापानको श्रम बजारमा सबैभन्दा धेरै ५ लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत छन् ।

वर्किङ्ग भिसामा जापान आएका ४ लाख ७९ हजार ९४९, विशिष्ट गतिविधि (टोकुतेइ खाचुदोउ) ७३ हजार ३६३ (४.०प्रतिशत), ट्रेनिङ्ग भिसामा ३ लाख ४३ हजार २५४ (१८.८ प्रतिशत), स्टाटस बेगरका गतिविधि (सिखाकु गाइखाचुदोऊ) ३ लाख ३० हजार ९१० (१८.२ प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ ।

सिखाकु गाइखाचुदोऊ भनेको विद्यार्थी वा डिपेन्डेन्टहरुले पाउने २८ घण्टा काम गर्ने अनुमति हो । यसरी काम गर्ने सबैभन्दा धेरै ३९.६ प्रतिशत नेपाली विद्यार्थी छन् ।

टोकियोमा मात्रै करिब ८० हजारको हाराहारीमा विदेशीहरुले श्रम गरिरहेका छन् । श्रम मन्त्रालयका अनुुसार टोकियो नजिक रहेका साइतामा, चिबा, खानागावासँगै आइची, फुकुओका र ओसाका क्षेत्र बाहेकका अरु प्रिफेक्चरहरुमा विदेशी श्रमिकहरुको संख्या ५ हजार भन्दा कम छ ।

सबैभन्दा धेरै १८.६ प्रतिशत खरिद बिक्रिसँग सम्बन्धित साना कम्पनीहरुमा र १७.७ प्रतिशत विदेशी श्रमिकहरु उत्पादनशील कम्पनीमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?