जापानमा थप २७ हजार बढीमा कोरोना संक्रमण, १३ मार्चबाट मास्क अनिवार्य नहुने

जापानमा शनिबार थप २७ हजार ३७१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो शुक्रबारको तुलनामा १ हजार २४४ ले कम हो । टोकियोमा मात्रै शनिबार १ हजार ७५२ जना संक्रमित थपिएका छन् ।

टोकियोमा पनि शुक्रबारको तुलनामा १७० जना कम संक्रमित फेला परेका हुन् ।

शनिबार जापानमा ३१४ जना र टोकियोमा मात्रै २२ जना कोरोना संक्रमित स्वास्थ जटिलताका कारण अस्पताल भर्ना भएका छन् ।
शनिबार जापानमा कोरोना संक्रमणबाट १८१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्यामा कमी आइरहँदा जापान सरकारले १३ मार्चदेखि मास्क अनिवार्य लगाउनुपर्ने नियम समेत खारेज गर्ने तयारी गरिरहेको छ ।

त्यसपछि मास्क सबै स्थानमा लगाउनुपर्ने नियम स्वेच्छिक हुनेछ । यद्यपि गम्भीर रोग भएका र वृद्धवृद्धाले भने मास्क लगाउनु उचित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?