जापानमा अनिवार्य मास्कको नियम मार्चदेखि नै अन्त्य गर्ने तयारी

जापान सरकारले आगामी मार्चदेखि अनिवार्य मास्कको नियम खुकुलो बनाउने तयारी गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणबीच जापानमा अनिवार्य मास्क लगाउने निमय छ ।

सरकारले अहिले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि घर तथा सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिँदै आएको छ । तर ८ मेमा पुनवर्गीकरणअनुसार कोरोना भाइरसलाई सामान्य मौसमी फ्लूको श्रेणीमा राखिदैछ ।

यसलाई मध्यनजर गर्दै सरकारले मास्क अनिवार्य लगाउने निर्णय आम जनतालाई नै निर्णय गर्न दिने तयारी गरेको हो ।

सरकारी अधिकारीहरुका अनुसार देशभर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा कमी आइरहेको छ र पुनवर्गीकरण गर्न करिब एक महिना लाग्नेछ ।

त्यसैले मास्कमा आम जनता मास्क लगाउन चाहन्छन् कि चाँहदैनन् भन्ने निश्चित गर्न पनि मास्कको अनिवार्यताको नियम हटाउने तयारी गरिएको छ ।

मास्कको अनिवार्यता हटाए पनि गम्भीर बिरामी र वृद्धवृद्धाले भने मास्क लगाउनु राम्रो हुनेछ । सरकारको कोरोना भाइरस कार्यबलको आगामी बैठकमा मास्क लगाउने नियम खुकुलो पार्ने योजनालाई अन्तिम रुप दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?