शृङ्खलाबद्ध चोरीका चार संदिग्ध जापानलाई सुपुर्दगी

जापानमा शृङ्खलाबद्ध चोरी डकैती गराउने समूहका चार जनालाई फिलिपिन्सले जापानलाई सुपुर्दगी गरेको छ ।

वातानाबे युकी र कोजिमा तोमोनोबुलाई जालसाजीको आशंकामा फिलिपिन्सको विमानस्थलबाट पक्राउ गरिएको थियो । उनीहरुलाई बिहीबार टोकियो ल्याइएको हो ।

प्रहरीका अनुसार उनीहरुले सन् २०१९ मा एक व्यक्तिको दुई वटा कार्ड चोरेर आफूलाई वित्तीय सेवा एजेन्सीको अधिकारी भन्दै उनीसँग सम्पर्क गरेका थिए ।

अन्य दुई संदिग्ध फुजिता तोशिया र इमामुरा कियोतो मंगलबार जापान फर्किएका थिए ।

प्रहरीका अनुसार यी चारै जनाले वातानाबेको इशारामा फिलिपिन्सबाट जापानमा टेलिफोन गरी लुटपाटका घटना घटाएका थिए ।

अनुसन्धानकर्ताका अनुसार यो समूहले ६ अर्ब येन अर्थात करिब ४.५ करोड डलरभन्दा अधिक रकम चोरी गरेका थिए।

樂威壯 >प्रहरीले जापानका १० भन्दा बढी प्रिफेक्चरमा भएका चोरीका घटछनामा यो समूहको संलग्नता जाँच गरिरहेको छ । टोकियोमा भएको एक चोरीको घटनाका क्रममा ९० वर्षीया महिलाको हत्या समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?