
जापानमा काममा पठाउने र कम्पनी परिवर्तन गरिदिने भन्दै ठगीका घटना बढेका छन् ।
एक नेपालीले नै जापानमा वर्किङ भिसामा पठाउने र कम्पनी परिवर्तन गरिदिने भन्दै ठगी गरेर फरार भएको घटना सार्वजनिक भएको छ ।
सुदूर पश्चिम स्थायी ठेगाना भएका धामी थरका ती नेपालीले १५ जनाभन्दा बढी नेपालीलाई ठगेको खुलेको छ ।
फेसबुकमा नक्कली आइडीबाट अनलाइनमार्फत सम्पर्क बनाउने, कुराकानी गर्ने र जागिरको प्रक्रिया अघि बढेको भन्दै अगाडि नै पैसा मागेर ठग्ने गरेको पाइएको छ ।
यस्ता घटनामा जापानमा पढाई सकेर काम गर्ने तयारी गरिरहेका, कम्पनी फेरेर राम्रोमा जान चाहिरहेका नेपाली युवा–युवतीलाई निशानामा परेका छन् ।
पैसा नपठान्जेलसम्म कुराकानी गर्ने र पैसा पाएपछि ब्लक गरिदिने गरेको पाइएको छ । १४÷१५ मानका दरले पैसा मागेको समेत खुलासा भएको छ ।
ठगीमा परेकाहरुले जापानस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएन) मा उजुरी गर्ने तयारी गरेका छन् ।