जापानले गत अक्टोबरमा किन्यो रेकर्ड ५६ अर्ब येन

जापानले गत वर्षको अक्टोबरमा रेकर्ड ५६ खर्ब येन खरिद गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकार र बैंक अफ जापानले गत वर्षको अक्टोबरमा डलरको तुलनामा येनको रेकर्ड कारोबार गरेको हो ।

यसको उद्देश्य तीन दशकभन्दा बढी समयमा जापानी मुद्राको मूल्यमा आएको तीव्रतम गिरावट रोक्नु थियो ।

मन्त्रालयले डिसेम्犀利士 बरसम्म तीन महिनामा विदेशी मुद्रा बजारमा गरेको गोप्य कार्यको विवरण जारी गरेको हो ।

२१ अक्टोबरमा डलरको तुलनामा येनको मूल्य १५१ येनभन्दा तल झरेको थियो । जापानी मुद्रा करिब ३२ वर्षमा न्युनतम स्तरमा पुगेको थियो ।

यसलाई रोक्न जापानले डलर बेचेर रेकर्ड ५६ खर्ब येन किनेको थियो । त्यसको तीन दिनपछि २४ अक्टोबरमा पनि ५.५ अर्ब डलरको कारोबार भएको थियो ।

त्यसपछि जापानी मुद्रा केही मजबुत बनेको जापानी अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?