जापानमा दुई वर्षमा पहिलो पटक वास्तविक तलबमा गिरावट

犀利士 t/uploads/2023/02/image-13.png”>

जापानमा वास्तविक तलबमा दुई वर्षमा पहिलो पटक गिरावट आएको देखिएको छ अर्थात जापानी कर्मचारीले तलब बढी पाएका छन्, तर मुद्रास्फीतिका कारण लाभमा कामी आएको छ ।

श्रम मन्त्रालयले गरेको सर्वेक्षणअनुसार कर्मचारीको औसत मासिक तलब ३ लाख २६ हजार १५७ येन अर्थात लगभग २ हजार ५ सय डलर भएको छ । यो गत वर्षको तुलनामा येनमा २.१ प्रतिशतको र ३१ वर्षको सर्वाधिक वृद्धि हो ।

तर ३ प्रतिशतको मुद्रास्फीति दरका कारण यो पर्याप्त हुन सकेन । २०२२ मा वास्तविक तलबमा प्रति कर्मचारी ०.९ प्रतिशतको गिरावट देखिएको छ ।

मन्त्रालयले गत वर्ष तलब लगातार वृद्धि भएको तर मूल्यवृद्धि अनुसार नभएको जनाएको छ ।

पछिल्लो आँकडाअनुसार डिसेम्बरमा ठूलो बोनश रकमका कारण वास्तविक तलबमा ९ महिनामा पहिलो पटक वृद्धि देखियो । तर मन्त्रालयका अनुसार लगातार वृद्धिको सम्भावना थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?