
जापानमा खाद्य वस्तुको मूल्यमा लगातार वृद्धिका बावजुद लगातार दोस्रो महिना घर खर्चमा गिरावट आएको पाइएको छ ।
जापानी गृह मन्त्रालयले गरेको सर्वेक्षणअनुुसार दुई वा सो भन्दा बढी सदस्य रहेको परिवारमा गत वर्षको तुलनामा मुद्रास्फीति समायोजनपछि १.३ प्रतिशत कम खर्च गरेका छन् ।
औसत खर्च ३ लाख २८ हजार ११३ येन अर्थात करिब २ हजार ५ सय डलर रहेको पाइएको छ ।
लगातार तेस्रो महिनामा भएको गिरावटका कारण खाद्य पदार्थको खर्चमा पनि ३.६ प्रतिशतको कमी आएको छ । समुद्री भोजन तथा मदिराको बढ्दो मूल्यका कारण उपभोक्ताले यसमा गर्ने खर्च पनि कम गरेका छन् ।
अर्कोतर्फ विजुलीको बढ्दो बिलका कारण बिजुली बचत गर्ने वातानुकूलन उपकरणको मागमा तीव्र वृद्धि भएको छ ।
जसबाट फर्निचर र घरेलु उपकरणमा अधिक खर्च देखिएको छ । गत वर्षको तुलनामा यो खर्च ५.६ प्रतिशत बढी देखिएको छ ।
सन् २०२२ मा औसत घर खर्च २ लाख ९० हजार ८६७ येन अर्थात करिब २ हजार २ सय डलर थियो । अघिल्लो वर्षको तुलनामा यो १.२ प्रतिशतको वृद्धि थियो ।